प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण
गणेश घिमिरे
भदौ १९, इलाम
इलामकी कवि तथा साहित्यकार प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण गरिएको छ । पौडेलको साहित्यिक यात्राको सातौँ कृतिका रूपमा प्रकाशित महाकाव्य ‘तितिक्षा’ को इलाम सदरमुकामस्थित अरनिको संग्रहालयमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो । इलाम नगरपालिका साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा इलाम नगरप्रमुख केदार थापा, साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङलगायतले संयुक्त रूपमा महाकाव्यको लोकार्पण गर्नुभयो । लोकार्पण कार्यक्रममा साहित्यकर्मी इन्द्रनारायण सुबेदीले ‘तितिक्षा’ महाकाव्यमाथि समीक्षा गर्दै कृति सरल, सहज र उत्कृष्ट रहेको बताउनुभयो । उहाँले महाकाव्य लेखन आफैँमा चुनौतीपूर्ण र गम्भीर साहित्यिक कार्य भएको उल्लेख गर्दै पौडेलले इलाममा रहेर निरन्तर साहित्य सिर्जनालाई अगाडि बढाउनु महत्वपूर्ण उपलब्धि भएको धारणा राख्नुभयो । इलाम नगरपालिका–निवासी पौडेलले लामो समयदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । उहाँका विभिन्न विधाका कृतिहरू प्रकाशित भइसकेका छन् ।
‘तितिक्षा’ उहाँको साहित्यिक यात्राको सातौँ कृति हो । कार्यक्रममा साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा इलामबाट भइरहेको सिर्जनात्मक गतिविधिबारे समेत चर्चा गरिएको थियो । इलाम नगर प्रमुख थापाले साहित्य क्षेत्रमा महिलाको उपस्थिति तुलनात्मक रूपमा कम देखिने अवस्थामा पौडेलले निरन्तर साहित्य सिर्जना गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताउनुभयो । विशेषगरी महाकाव्यजस्तो बृहत् साहित्यिक विधामा प्रवेश गर्नु र त्यसलाई उत्कृष्ट ढंगले प्रस्तुत गर्नु प्रशंसनीय रहेको उहाँको भनाइ थियो । सहभागीहरूले स्थानीय स्रष्टाले आफ्नै भूगोलमा बसेर निरन्तर साहित्य सिर्जना गर्नु इलामको साहित्यिक पहिचानका लागि सकारात्मक पक्ष भएको बताएका थिए । साहित्य कला संगीत प्रतिष्ठानका सचिव जयनारायण भट्टराईले कार्यक्रम तथा कृतिबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा साहित्यकार, स्रष्टा, कलाकर्मी तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो । महाकाव्य ‘तितिक्षा’ मार्फत पौडेलले नेपाली साहित्यमा आफ्नो सिर्जनात्मक यात्रालाई थप विस्तार गर्नुभएको छ । महिलाहरूको साहित्यिक सहभागिता विस्तार गर्नुपर्ने बहस भइरहेका बेला पौडेलको निरन्तर सिर्जना र महाकाव्य लेखनलाई इलामको साहित्यिक क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
उदित हाङ फागोको ‘कर्णालीका पुल’ सिर्जना सार्वजनिक, पूर्वदेखि पश्चिम जोड्ने सांस्कृतिक प्रयास
गणेश घिमिरे साउन २६, इलाम इलामको सूर्योदय नगरपालिका–फिक्कलका उदित हाङ फागोको सिर्जनामा ‘कर्णालीका पुल’ सार्वजनिक भएको छ । पूर्वी नेपालको
उदित हाङ फागोको ‘कर्णालीका पुल’ सिर्जना सार्वजनिक, पूर्वदेखि पश्चिम जोड्ने सांस्कृतिक प्रयास
गणेश घिमिरे साउन २६, इलाम इलामको सूर्योदय नगरपालिका–फिक्कलका उदित हाङ फागोको सिर्जनामा ‘कर्णालीका पुल’ सार्वजनिक भएको छ । पूर्वी नेपालको
इलाममा ‘लालीबजार’को क्रेज, नायिक स्वस्तिमा खड्का सहित टोली इलाम आउँदै
गणेश घिमिरे जेठ ५, इलाम इलाममा प्रदर्शनरत नेपाली चलचित्र लालीबजारको प्रचारप्रसार तथा दर्शक भेटघाट कार्यक्रम अन्तर्गत मुख्य अभिनेत्री स्वस्तिमा
.png)






प्रतिकृया दिनुहोस